Audan

मितिः २०८१।०३।०६


आदरणीय मित्रहरु, मिति २०८१ आषाढ ७ गते देखि आषाढ ९ गते सम्मका लागि नेपाल अडिटर्स एशोसिएसन (अडान) द्वारा आयोजित Continuous Professional Education (CPE) तालिममा सहभागीहरुको संख्या क्षमता पुरा भएकोले केही इच्छुक महानुभावहरुलाई सहभागी गराउन असमर्थ भएकोमा हामी क्षमा चाहन्छौं।


यहाँहरुको उत्साह र सिकाइको चाहनालाई मनन गर्दै, अडानद्वारा आयोजना गरिने अर्को CPE तालिम आगामी मिति २०८१ आषाढ २८ गते देखि आषाढ ३० गते सम्म हुने जानकारी गराउदछौं । यस आषाढ ७ गते देखि सञ्चालन हुने तालिममा सहभागी हुन नपाउनु हुने महानुभावहरुलाई आगामी आषाढ २८ गते देखि आयोजना हुने तालिममा सहभागी हुनका लागि हार्दिक अनुरोध गर्दछौं । धन्यवाद !


नेपाल अडिटर्स एशोसिएसन (अडान)

केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौं ।