सम्पूर्ण लेखापरीक्षक तथा सम्बन्धित निकायहरुको लागि जानकारी ।
विगत केही वर्ष यता स्थानीय निकाय अन्तरगतका केहि पालिकाहरुले सामुदायिक विद्यालयहरुको लेखापरीक्षण कार्य गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेस्टस संस्था (ICAN) मा दर्ता भई नविकरण गरेका लेखापरीक्षकहरुबाट तोकिएको दस्तुर तिरेर सूचीकृत हुनको लागि सूचना प्रकाशन गरे बमोजिम केही लेखापरीक्षक साथीहरुले नेपाल चार्टर्ड एकाउन्टेस्टस संस्थाबाट जारी भएको सूचनालाई समेत बेवास्था गरी दस्तुर तिरेर सूचीकृत भई लेखापरीक्षण कार्य गरेकोले अब उप्रान्त त्यस्तो कार्य नगर्न नगराउन हुन जानकारीको लागि नेपाल चार्टर्ड एकाउन्टेस्टस संस्थाले मिति २०७९ पौष २३ गते पुनः सूचना प्रकाशित गरेकोलेसम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि यो सूचना प्रवाह गरिएको छ ।